महालक्ष्मी विकास बैँकमा अध्यक्षको मनलाग्दी ! राष्ट्र बैँक किन संरक्षण गर्दैछ उपाध्यायलाई ?

भाद्र २९,काठमाडौँ । सुन धितो राखेर कर्जा लिएकी बिष्णु महर्जनलाई सुनसहित नगद १२ लाख रुपैयाँ दिएर महालक्ष्मी बैँकको घटना मिलाइएको तथ्य सार्वजनिक भएको छ । ती महिलालाई १२ लाख कुन शिर्षकबाट झिकेर दिने भन्ने अन्यौल बढेपछि बैंकले टिसर्ट खरिदको काम गरेको देखाएर उक्त रकम निकासा गरेको तथ्य बाहिर आएको हो ।

१० लाख रुपैयाँ बराबरको सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन अन्तर्गत सूचना निकालेर छनौट भएको पार्टीलाई काम दिनुपर्ने व्यवस्था भएकाले बिष्णु महर्जनलाई दुई किस्ता गरेर उक्त रकम निकासा गरिएको हो।

सुन जाँचकले चार्ज लिन नमान्दा सबै घटना बाहिरियो

यो बदमासी पनि बैंकका अध्यक्ष राजेश उपाध्यायको सल्लाहमा भएको स्रोतले जनाएको छ। कुमारीपाटि शाखामा नयाँ सुन जाँचक पठाएपछि यो घटना बाहिर आएको हो।

नक्कली सुन धितो राखेर कर्जा दिएको पाएपछि बैकको न्युरोड शाखाबाट त्यहाँ गएका नयाँ सुन जाँचकले चार्ज लिन नमान्दा सबै घटना बाहिरिएको हो।

अध्यक्ष उपाध्यायलाई राष्ट्र बैँकको आर्शिवाद

यसको नेतृत्व बैँकका अध्यक्ष राजेश उपाध्यायले गरेको भेटिएको छ । राष्ट्रबैँकको छेवैमा रहेको बैँक जहिल्यै विवादमा परिरहने तर राष्ट्रबैँकले मौनता साँधेपछि बैँकमा थप हर्कतहरु एकपछि अर्को गरी सार्वजनिक भइरहेको छ ।

सुन काण्डमा उजुरी परेपछि राष्ट्र बैंकले त्यहाँ भएको के हो ? आफैं मिलाउनु भन्ने आशयको पत्र काटेको थियो। यती ठुलो लापरवाहीमा समेत राष्ट्र बैँकले औपचारिकता मात्रै पुरा गरेर सामान्य पत्र काटेकोमा वित्तिय विज्ञसमेत आश्चर्यमा परेका छन् ।

मनकामनाको टिमले बैँकलाई भ्रष्ट बनायो

नेपाल राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरेको तत्कालिन मनकामना विकास बैकका संचालक तथा कर्मचारीहरु हाबी भएपछि महालक्ष्मी विकास बैंकमा मर्जरको नकारात्मक इफेक्ट देखिन थालेको बताइन्छ।

यतीमात्रै नभइ मनकामनाको टिमले बैँकलाई भ्रष्ट बनाएको समेत आरोप लाग्ने गरेको छ । अहिलेका अध्यक्ष उपाध्यायका कारण बैँक बारम्बार विवादमा तानिरहेको छ । अहिलेको बोर्डले सफल सिइयोहरु निकालेर बोर्ड हावी भएको जानकारहरु बताउछन् ।

 

संम्बन्धित समचार

Leave a Reply