विनियोजन विधेयक पारित गरेपछि संसद बैठक स्थगित, अर्को बैठक असोज ४ गते

भाद्र २९,काठमाडौँ । प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दल एमालेले आजपनि संसदमा नाराबाजीसहित संसद चल्न नदिएपछि बैठक स्थगित गरिएको हो ।

मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply