शेयर कारोबार रकममा गिरावट

भाद्र २९,काठमाडौँ । शेयर कारोबार रकममा गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार कबिर ४ अर्ब रुपैयाँले शेयर कारोबार रकम घटेको छ । एकैदिन २१ अर्ब रुपैयाँसम्मको शेयर कारोबार भएको बजारमा बुधबार जम्मा ५ अर्ब रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।

यस अघि सोमबार अर्ब २९ करोड ५ लाख ५४ हजार १ सय ५५ रुपैयाँको शेयर कारोबार भएको थियो । दिनभर भएका ५९ हजार ८ सय ५४ कारोबारबाट १ करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको शेयर कारोबार भएको छ । कारोबार रकमसँगै शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि गिराट आएको छ ।

साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको शेयर बजार सोमबार ३ अंकले मात्रै सुधार भएको थियो । मंगलबार भने दोहोरो अंकले घटेको छ ।

१८ दशमलव ५४ अंकले घटेर नेप्से परिसूचक २ हजार ९ सय २९ दशमलव २८ अंकमा झरेको छ । ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव २१ अंकले घटेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply