भदौ ३०, काठमाडौं । वायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा जित निकालेको छ । मंगलबार राति भएको खेलमा वायर्नले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित बनेको हो ।
बार्सिलोना घरेलु मैदानमा जर्मन क्लबलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । त्यस्तै थोमस मुलरले एक गोल गरे ।
थोमस मुलरको गोलबाट पाहुना टोलीले खेलको ३४औं मिनेटमा अग्रता बनाएको थियो । लिरो सानेको पासमा मुलरले गोल गरेका थिए ।
पहिलो हाफमा १ गोल गरेको वायर्नले दोस्रो हाफमा थप दुई गोल गरेको हो । ५६औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्ननको अग्रता दोब्बर पारे । खेलको ८५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा जर्मन क्लबले ३–० गोल अन्तरले जित निकाल्यो ।
जितसँगै समूह ‘इ’का वायर्नले शानदार सुरुवातसहित ३ अंक जोडेको छ । यता, बार्सिलेनाले च्याम्पियन्स लिगमा हारबाट सिजनको सुरुवात गरेको छ ।