उत्तर कोरियाले गर्‍यो दुई ब्यालेस्टिक मिसाइल परीक्षण

भाद्र ३०,काठमाडौँ । उत्तर कोरियाले दुई ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । योन्हाप न्युजका अनुसार दक्षिण कोरियाका ज्वइन्ट चिफ स्टाफले यसको पुष्टि गरेका हुन् । दक्षिण कोरियाका संयुक्त सेना प्रमुखले यसअघि नै अज्ञात रकेट प्रक्षेपण गरेको बताएका छन् ।

जापानको समुद्री सुरक्षा बलले पनि अहिले प्रक्षेपण गरिएको मिसाइल ब्यालेस्टिक हुन सक्ने बताएको छ । ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्नु राष्ट्रसंघले उत्तर कोरियाको परमाणु गतिविधि नियन्त्रण गर्न बनाएको प्रावधानको उल्लंघन हो ।
यद्यपि यस विषयमा जापान र दक्षिण कोरियाले विस्तृत जानकारी भने दिएका छैनन् । केही दिनअघि मात्र उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply