खाने तेलमा भएको मुल्यवृद्धिमा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको ध्यानाकर्षण

भाद्र ३१,काठमाडौँ । हालका दिनहरुमा खाने तेलमा भएको मुल्यवृद्धि सम्वन्धमा नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले विभिन्न संचार माध्यमहरुमा आएको समाचारहरु प्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । संघले प्रशोधित खाने तेलमा भएको मुल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागवाट समेत पटक–पटक भएको सोधपुक्षका सम्वन्धमा वास्तविकता समेत सार्वजनिक गरेको छ ।

संघमा आवद्ध रहेका २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल ईत्यादी उत्पादन गरी स्थानिय वजारमा साथै निकाशी समेत गर्दै आईरहेका छन ।

उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तराष्ट्रिय वजारवाट आयात गर्नुपर्दा अन्तराष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने गर्दछ ।

प्रशोधित खाने तेल उद्योगहरुको स्थिति :

१.खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले १७ महिनामा कच्चा पदार्थको मुल्यमा भएको दोब्वर भन्दा वढि वृद्धिका कारण गत वर्षमा महशुल सरदर रु २० प्रतिशत प्रति लि. रहेकोमा हाल सरदर रु ४५ प्रतिशत भन्दा वढी पुगीसकेको छ ।

२. कोभिड–१९ को कारण ढुवानीमा पर्न गएको असरले गर्दा ढुवानी भाडा वृद्धि हुन गएको, डिजल पेट्रोलको मुल्यमा वृद्धि भएको तथा पहिले भन्दा ढुवानीको समय दोव्वर हुन पुगेकोले अन्तराष्ट्रिय भाडा दरमा समेत वृद्धि हुँदा खानेतेलको मुल्यमा प्रति लि. सरदर रु.२०÷– देखी २५÷–सम्म वृद्धिको असर पर्न गएको छ ।

३. सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्य समेत अन्तराष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ ।

४. हालसम्म पनि चलन चल्तिको अन्तराष्ट्रिय मुल्य अनुसारको नेपालको मुल्य अझै परिमार्जित हुन सकेको छैन ।

नेपालमा खाने तेलको कच्चा पदार्थको उत्पादन/उपलव्धता शुन्य नै रहेको हुँदा यहँका उद्योगहरुको कच्चा पदार्थ शतप्रतिशत तेश्रो मुलुकवाट आयात गर्नु परेकोले अन्तराष्ट्रिय वजारमा कच्चा पदार्थमा भएको मुल्यको उतारचढावले गर्दा स्थानिय वजारको मुल्य समेत सोहि अनुसार निर्धारण गर्नुपर्ने वाध्यता रहेको सम्पुर्ण उपभोक्ताहरु लगायत सरोकारवालाहरुमा जानकारी गराउदछौं ।

साथै यस संघका सदस्य उद्योगहरुवाट कुनै प्रकारको कृतिम अभाव सृजना नगरी आपुर्ति अवस्थालाई सुचारु राखी कृतिम मुल्यवृद्धि गरेको छैन र आउँदो चाडपर्वमा समेत खानेतेलको पर्याप्त मौज्दात रहेको हुँदा आपुर्तिमा कुनै कमि नहुने प्रतिवद्धता समेत व्यक्त गर्दछौं ।

 

संम्बन्धित समचार

Leave a Reply