किन घट्यो शेयर कारोबार ?

भाद्र ३०,काठमाडौँ । मंगलबार दोहोरो अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूच बुधबार पनि दोहोरो अंकले नै घटेको छ । नेप्से परिसूचक ४० दशमव २६ अंकले घटेर २ हजार ८ सय ८९ दशमलव ०३ अंकमा झरेको छ ।

बुधबार १ दशमलव ३७ प्रतिशतले बजार घटेको हो । यस अघि मंगलबार १८ अंकले परिसूचक घटेको थियो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव १६ अंकले घटेको छ ।

कारोबार रकममा पनि उल्लास देखिएन । दिनभर भएका ७५ हजार ८ सय ९५ कारोबारबाट १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता शेयर किनबेच भएका छन् । कारोबार संख्या मंगबलारको तुलनमा बुधबार घटेको हो ।

बुधबार कारोबार रकम ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँमा रोकिएको छ ।

संम्बन्धित समचार

Leave a Reply