१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको काज सरुवा

भाद्र ३१,काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ ।

गृह मन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट सिडिओको सरुवा गरेका हुन् । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा घनश्याम उपाध्याय आएका छन् । यस्तै, भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा रुद्रादेवी शर्मा आएकी छन् । यसअघि उपाध्याय गृहमन्त्रालयमा कार्यरत थिए भने शर्मा जिप्रका गुल्मीको प्रमुख जिल्ला अधिकारी थिइन् ।

यस्तै मोरङको प्रमुख जिल्ला अधिकारीमा काशीराज दाहाल सरुवा भएका छन् । दाहाल यसअघि गृह मन्त्रालयमा थिए । चितवनको सिडिओमा आशमान तामाङ पुगेका छन् । उनी यसअघि रुपन्देही जिल्लाको सिडिओ थिए । यस्तै गृह मन्त्रालयबाटै ऋशिराम तिवारी रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् ।

संम्बन्धित समचार

Leave a Reply