‘एकताबद्ध पार्टी बनाउन १० बुँदे सहमतिको पूर्ण कार्यान्वयन गर्न जरुरी छ’ : रावल

भाद्र ३१,काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष डा. भीमवहादुर रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताएका छन् ।

डोटीको सिलगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष रावलले सजिलैसँग दल विभाजन गर्न सक्ने अध्यादेशले देशमा राजनीतिक अस्थिरता उत्पन्न गरेको र लोकतन्त्रलाई कमजोर बनाएका हुन् । उनले भने, ‘अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर जानसक्ने अवस्था छ । दल फुट्नु भनेको नै लोकतन्त्र कमजोर हुनु ।’

नेता रावलले पार्टी फुट्नु आफैमा दुःखद भएको बताउँदै नेकपा एमालेलाई अझै एकताबद्ध बनाउन १० बुँदे सहमतिको पूर्ण रुपमा कार्यान्वयन गर्न/गराउन पनि आफूहरू पार्टी नेतृत्वसँ लागि परेको बताए ।

संम्बन्धित समचार

Leave a Reply