इन्टर्नसीपको माग गर्दै माइतीघरमा प्रदर्शन

भदौ ३१, काठमाडौं । चीनमा एमबीबीएस अध्‍ययन गरेर आएका विद्यार्थीहरुले लामो समय भइसक्दा पनि इन्टर्नसीप गर्न नपाएको भन्‍दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

चिकित्साशास्त्र कोर्ष पूरा भएपनि इन्टर्नसीपको लागि कुनै सुनुवाइ नभएपछि प्रदर्शन उत्रिनु परेको उनीहरुले गुनासो गरेका छन् ।

उनीहरुले प्लेकार्डमा ‘इन्टर्नसीपमा किन ढिला सुस्ती ? स्पष्टीकरण चाहियो, चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर’ लगायतका नारासहित मंगलबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका छन् ।

यसका साथै उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसीप नियमको बुँदा नम्बर ३ समेत प्लेकार्डमा लेखेर ध्यानाकर्षण गराएका छन् ।

संम्बन्धित समचार

Leave a Reply