सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनुपर्छ : शाक्य

भदौ ३१, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अन्तरपार्टी निर्देशनलाई अक्षरश: कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।

एमाले काठमाडौंले बिहीबार गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले भनिन्, ‘त्यसमा जालझेल आवश्यक छैन । २०७५ जेठ २ मा जो आउँछ, उसैलाई मानेर अगाडि बढौं ।’ विभाजनले कसैको हित नगर्ने भन्दै उनले सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनुपर्ने बताइन् ।

नेतृ शाक्यले अब प्यानलगत चुनाव गर्न नहुने पनि बताइन् । नवौं महाधिवेशनमा दुईवटा प्यानल बनाएर लडेको र एउटा जित्दा अर्कोले हारेपछि गुटबन्दी भएको शाक्यले बताइन् ।

पार्टीमा पछिल्लो समय विचारमा पनि विचलन आएको उनले बताइन् । ‘खासगरी नवौं महाधिवेशनपछि व्यवस्थित वैचारिक प्रशिक्षण गर्न सकेनौं । जब प्रशिक्षण र वैचारिक छलफलको अभाव भयो, कमिटी अराजकतातिर गयो । विचार शून्य भएपछि हामी गुटबन्दीको शिकार भयौं,’ शाक्यले भनिन्, ‘अब लुकाएर हुँदैन, हामीले यसको निर्मम समीक्षा गर्नैपर्छ । त्यो आँट नेतृत्व तहले गर्नैपर्छ ।’

जनताले झण्डै दुई तिहाईको बहुमत दिएको र केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको बलियो उपस्थिति भएपनि पार्टीले जनमतको सम्मान गर्न नसकेको उनले बताइन् ।

संम्बन्धित समचार

Leave a Reply