सातैवटा प्रदेशमा हाम्रो सहभागीता रहनेछ : माधव नेपाल

असोज १, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सातैवटा प्रदेशमा पनि हाम्रो सहभागीता रहने बताएका छन् ।

मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले बताएका हुन् ।

मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधानमन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’ उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए ।

उनले संसद र सरकारमा आफूहरुको भूमिका सत्तापक्षको रुपमा रहने बताए । सत्ता गठबन्धनको महत्वपूर्ण हिस्सा एकीकृत समाजवादी भएको बताउँदै उनले भने, ‘यस अर्थमा हाम्रो भूमिका सरकार सन्चालनमा रहने छ, सहयोगी रहनेछ, सहकार्य गर्ने छौं, सँगसँगै अगाडि बढ्ने छौं ।

संघीय सरकारमा सामेल हुने बताउँदै नेता नेपालले प्रदेश १ र बागमती प्रदेश सरकारमा पनि ‘महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘

 

संम्बन्धित समचार

Leave a Reply