बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी !

असोज २, नुवाकोट । काठमाडौंको फोहोर विसर्जनका लागि तयार पारिँदै आएको बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै त्यहाँका स्थानीयले आपत्ति जनाएका छन् । आज भएको एक कार्यक्रममा धुनिबेसी नगर प्रमुख बालकृष्ण आचार्य, स्थानीयबासी,सरसफाइ अभियन्ताको उपस्थित रहेको थियो । सो क्रममा आचार्यले बन्चरे डाडामा सम्पुर्ण संरचना नबनेसम्म अव्यवस्थित फोहोर फाल्न नपाइने बताए ।

सरकारी निकायहरुले बञ्चरेडाँडामा फोहोर विसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै नबनाइ फोहोर फाल्न लागिएको भन्दै स्थानीयहरुले आपत्ति जनाएका हुन् ।

सरकारले काठमाडौंको फाहोर व्यवस्थापनका लागि अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइटमा बिसर्जन गरिरहेपनि त्यहाँ राख्ने स्थान नहुँदा अर्को स्थानका रुपमा बञ्चरेडाँडालाई बिसर्जनको गन्तव्य बनाएको छ । तर आवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै स्थानीयहरुले त्यसको बिरोध गरिरहेका छन् । स्थानीयहरुले आफूसँग भएका ५ बुँदे माग लागू भएमात्र बञ्चरेडाँडामा फोहोर फाल्न दिने नत्र सरकारको प्रतिवाद गर्न पछि नहट्ने चेतावनी दिएका छन् । उपस्थित स्थानीयले काठमाडौको फोहोरले सिसडोल पुर्णरुप दुषित भएको बताउदै अब पनि राजधानीले पेलेर फोहोर फ्याके अवस्था जटिल बन्ने चेतावनीसमेत दिए ।

फोहोर फाल्न सक्नेगरी र स्थानीयलाई कुनै पनि समस्या सिर्जना नहुने गरी आवश्यक संरचना बनाइसकेपछि मात्रै फोहोर बिसर्जन गर्न दिइने माग स्थानीयहरुको छ ।

संम्बन्धित समचार

Leave a Reply