ला लिगाः एसेन्सियोको ह्याट्रिकमा रियलको शानदार जित

असोज ७, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा रियलले मालोर्कालाई ६-१ गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा रियललाई जित दिलाउन मार्को एसेन्सियोले ह्याट्रिक पूरा गरे । करिम बेन्जिमाले दुई तथा इस्कोले एक गोल गरे ।

मालोर्काका काङ्ग लीले एक गोल फर्काए ।

घरेलु मैदानमा बेन्जिमाले तेस्रो मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा एसेन्सियोले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

खेलको २५ औं मिनेटमा लीले गोल गर्दा मालोर्का २-१ को स्थितिमा आयो ।

खेलको २९ औं मिनेटमा एसेन्सियोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३-१ को अग्रता दिलाए । खेलको ५५ औं मिनेटमा एसेन्सियोले ह्याट्रिक पूरा गर्दै रियललाई ४-१ को स्थितिमा ल्याए ।

खेलको ७८ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा रियल ५-१ ले अघि रह्यो । त्यसपछि खेलको ८४ औं मिनेटमा इस्कोले गोल गर्दै रियललाई ६-१ को सानदार जित दिलाए ।

यस जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ । रियलले ६ खेलमा १५ अंक जोडेको छ । मालोर्का ८ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply