केन्द्रीय कमिटी बैठक: समूहगत छलफल सकियो

असोज ९, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । राजनीतिक, सांगठानिक र विधान संशोधन प्रतिवेदन मस्यौदा माथि समूहगत छलफल गरिएको छ ।

केन्द्रीय सदस्यहरुले समूहगत छलफलमा प्रतिवेदन मस्यौदामाथि सुझाव राखेका छन् । उक्त सुझावहरुलाई अब केन्द्रीय कमिटी बैठकमा समूह नेताले प्रस्तुत गर्ने एक नेताले बताए ।

समूह प्रदेशका आधारमा बनाइएको छ । प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सूदुरपश्चिमबाट कर्णबहादुर थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनसंगठनबाट खिमलाल भट्टराई टोली नेता छन् ।

प्रतिवेदन मस्यौदामाथि टोली नेताहरुले राखेको सुझावको जवाफ दिएपछि बैठक सकिनेछ । १५–१७ असोजमा हुने एमाले विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव ईश्वर पोखरेलले संगठनात्मक र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा तयार पारेका छन् ।

 

संम्बन्धित समचार

Leave a Reply