११ देशका राजदूत पोखरामा

असोज ११, काठमाडौँ । पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ११ वटा देशका राजदूत पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको पहल तथा निजी क्षेत्रको सहकार्यमा ११ देशका राजदूत पोखरा आएका हुन् ।

कोभिड–१९ ले थलिएको पोखरा क्षेत्रको पर्यटन क्षेत्र खुला भएको सन्देश दिन कार्यक्रम आयोजना गर्न लागिएको र उक्त कार्यक्रम कोशेढुंगा सावित हुने पोखराका पर्यटन व्यवसायीहरुको बुझाइ छ । पोखरामा यस वर्ष ४२औं विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराम भण्डारीले बताए ।

जर्मनी, यूएई, दक्षिण कोरिया, उत्तर कोरिया, कतार, साउदी अरेबिया, थाइल्याण्ड, बंगलादेश, इजिप्ट, मलेसिया र फिनल्याण्डका राजदूत पोखरा आएको गण्डकी प्रदेशको पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माका प्रेस संयोजक सुदीप ढुंगानाले जनाए ।

उनका अनुसार राजदूतहरुलाई आइतबार पोखरामा स्वागत गरिएको छ भने प्रदेश सरकारले रात्रिभोज, सोमबार बिहान कास्कीकोटमा हाइकिङसहित पर्यटकीय गन्तव्यहरुको अवलोकन गराउने कार्यक्रम रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply