बागमतीमा एकिकृत समाजवादीकै नेतृत्वमा सरकार गठन हुन्छ’: उपाध्यक्ष पाण्डे

आश्विन १४,काठमाडौँ । नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष तथा बागमती प्रदेश सांसद राजेन्द्र पाण्डेले बागमती प्रदेशमा एकिकृत समाजवादी कै नेतृत्वमा सरकार बन्ने बताएका छन् । अनलाइनकेन्द्रसंग कुराकानी गर्दै पाण्डेले आफुहरुले गर्दन सिध्याएर भएपनि केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बनाएकोले बागमती र प्रदेश नम्बर १ मा समाजवादीकै नेतृत्वमा सरकार बन्ने बताए ।

उनले भने–’हामीले प्रतिगमनको विरुद्धमा आन्दोलन गर्यौ, संविधान र कानुनलाई जोगाउन पर्छ भनेर पार्टीसमेत दाउमा राख्यौँ, प्रतिगमनको विरुद्धमा लाग्दा पार्टी भन्दा देश,संविधान र जनतामाथी भनेर नयाँ पार्टी बनाएकाले हाम्रो नेतृत्वमा बागमतीमा सरकार बन्नुपर्छ ।’ उनले बागमती प्रदेशमा कांग्रेस,माओवादी केन्द्रसंग गठबन्धन गरेर सहमतीमा चाँडै सरकार बन्नेृ उनले बताए ।

उनले भने–’ढिलोमा असोज मसान्तमा प्रदेश सरकार गठन भइसक्छ ।’ उनले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले केहीदिनमै विश्वासको मत लिने र सरकार अल्पमतमा परेपछि नयाँ सरकारको गठन प्रक्रिया सुरु हुने बताए ।

संम्बन्धित समचार

Leave a Reply