ओस्कार अवार्डका लागि नेपाली फिल्मको आवेदन खुल्ला

असोज २०, काठमाडौँ । ९४ औं द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एन्ड साइन्सेज ९अस्कार०मा नेपालको तर्फबाट सहभागी फिल्मका लागि आवेदन खुल्ला गरिएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले एक विज्ञप्तिमार्फत आवेदन खुल्ला भएको जनाएको हो ।

अवार्डका लागि १९ असोजदेखि २ कात्तिकसम्म एकेडेमीले तोकेका सबै मापदण्ड सहित फिल्म दर्ता गराउनुपर्नेछ । सन् २०२२ मार्च २७ तारिख आइतबारका दिन अमेरिकाको लस एन्जेलस्को डल्बी थिएटरमा ९४ औं एकेडेमी अवार्ड (द अस्कर अवार्ड) प्रदान गरिँदैछ । हरेक वर्ष फेब्रअरीमा हुँदै आएको यो अवार्ड यसपटक कोरोना महामारीका कारण एक महिना ढिला आयोजना हुन लागेको हो । महामारीका कारण रिलिज हुन नसकेको फिल्मका लागि पनि यो साल अस्कर अवार्ड केही लचिलो बनेको छ ।

पहिले फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । तर, यो साल कोरोनाका कारण हल बन्द भइ रिलिज हुन नसकेका फिल्मले समेत ओस्कारको प्रतिस्पर्धामा सामेल हुन पाउने भएका छन् । ओस्कारका लागि नेपाली फिल्म छनोट गर्ने समितिको अध्यक्ष विमल पौडेल छन् भने राजेन्द्र शलभ, लक्ष्मीनाथ शर्मा, प्रदीप उपाध्याय लगायतको समिति छ ।

संम्बन्धित समचार

Leave a Reply