ईपीएलः उपाधिका लागि चितवन र पोखरा भिड्दै

असोज २३, काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज शनिबार हुँदैछ ।

टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल १२:१५ बजे सुरु हुनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । र, दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।

पहिलो पटक उपाधि उचाल्न दुबै टिम तयार रहेका छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो । तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियसर्टलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो ।

यसै संस्करणको अघिल्ला दुई भेटमा चितवनले पोखरालाई हराएको थियो । लिग चरण र क्वालिफायर भेटमा चितवनले समान ९ विकेटको जित निकालेको थियो ।

चितवन उक्त जितलाई कायम राख्न चाहन्छ । तर, पोखरा भने फाइनलमा बदला लिन चाहन्छ । यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

संम्बन्धित समचार

Leave a Reply