खाद्य कम्पनीले आजदेखि खसीबोका बिक्री गर्ने

असोज २३, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शनिबार (आज)देखि खसीबोका बिक्री गर्ने भएको छ ।

असोज १ गतेदेखि नै सहुलियत पसलमार्फत खाद्यान्न बिक्री सुरु गरेको कम्पनीले शनिबारदेखि काठमाडौंमा खसीबोका बिक्री गर्ने तयारी गरेको हो ।

यो वर्ष दसैँका लागि २ हजारको हाराहारीमा खसीबोका बिक्री गर्ने तयारी गरेको कम्पनीले च्यांग्रा भने बिक्री नगर्ने बताएको छ । चीनबाट ल्याउन नसकिएको र स्वदेशमा उत्पादन नै कम भएकाले च्यांग्रा बिक्री नगर्ने निर्णय गरेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले बताइन् ।

यस वर्ष खाद्यले मकवानपुर र दाङबाट खसीबोका भित्र्याउने तयारी गरेको सूचना अधिकारी सुवेदीले बताइन् । शुक्रबार साँझसम्म ५ सय खसीबोका काठमाडौं ल्याइएको उनको भनाइ छ ।

संम्बन्धित समचार

Leave a Reply