गैर सांसदलाई मन्त्री बनाएकोमा विवेकशीलको आपत्ति

असोज २३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबाले गैर सांसदलाई मन्त्री बनाएको भन्दै विवेकशील पार्टीले विरोध गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री देउवाले गैर सांसद गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाए पछि उक्त कदमको विवेकशीलले विरोध गरेको हो ।

‘नियुत्तिको करिब तीन महिनापछि विस्तार भएको मन्त्रीपरिषद्मा समावेश गरिएका एक पात्रको संलग्नताले संविधानवाद तथा शक्ति पृथकीकरणको सिद्धान्तलाई ठाडै उल्लंघन गरेको छ । विवेकशील पार्टी यस कदमको घोर भर्त्सना गर्दछ र त्यसलाई अबिलम्ब फिर्ता गर्न माग गर्दछ र प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव संसदमा पेस गर्न विपक्षी दलहरू तथा लोकतन्त्रलाई आत्मसात् गर्ने सांसदहरूलाई विवेकशील पार्टी आग्रह गर्दछ’, जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मन्त्रीपरिषद् विस्तार राजनीतिक दलहरूको सहमतिमा प्रधानमन्त्रीको विशेषाधिकार रहने हाम्रो संवैधानिक प्रबन्ध रहेको र त्यस विपरीत न्यायपालिकाका प्रमुखले भाग मागेको, न्यायपालिकालाई भाग दिनुपर्छ भनी राजनीतिक सहमति भएका भन्ने समाचार आएकाले त्यसमा सर्वोच्च अदालतका प्रवक्ताले खण्डन गरे पनि अगाडि आएका समाचार बमोजिम नै मन्त्री चयन भएको प्रस्ट देखिएकाले सर्वोच्च अदालतको खण्डन पनि झुठो ठहर भएको विवेकशील ले जनाएको छ।

त्यसैले यस कदमलाई तत्काल फिर्ता गर्न सरकारी गठबन्धन तथा प्रधानमन्त्रीलाई विवेकशील पार्टीले माग गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply