उखु किसानलाई सधैको सास्ती, अझै पाएनन् भुत्तानी

असोज २४, काठमाडौँ । उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् ।

बक्यौता रकम तुरुन्तै नदिए दसैंपछि आन्दोलन चर्काउने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए । ‘हिन्दुको दसैं जस्तो ठूलो चाडपर्वमा पनि किसानलाई भुक्तानी दिइएको छैन,’ उनले भने ।

अन्नपूर्ण चिनी मिल सर्लाहीले किसानको ६ करोड तिर्न बाँकी छ । श्रीराम सुगर मिल रौतहटले तीन करोड भुक्तानी अझै गरेको छैन । इन्द्र सुगर मिल नवलपरासी र लुम्बिनी चिनी मिलले किसानको दुईरदुई करोड दिएका छैनन् ।

गत वर्ष किसानलाई ९० करोड भुक्तानी दिन बाँकी थियो । समस्या समाधानका लागि सरकारले उद्योग, कृषि र अर्थ मन्त्रालय सम्मिलित एक कार्यदल बनाएको थियो । ९० करोडमध्ये २५ करोड विवादित भनिएको थियो । ६५ करोड भुक्तानी गर्न उद्योगी सहमत भएका पनि थिए । तर, कैयौं पटकको आन्दोलनपश्चात् उनीहरूले हालसम्म ५२ करोड मात्रै तिरेका छन् ।

किसानले २५ करोड पाउने/नपाउने अझै अन्योल छ । ‘उखु किसानले आन्दोलन गर्छन् । सरकारले सुने जस्तो गर्छ । उद्योगीले चारो फालेझैं किसानलाई भुक्तानी दिए जस्तो गर्छ,’ सर्लाहीको सिसौटियाका ६५ वर्षीय उखु किसान रामविलास महतो भन्छन् । महतो बक्यौता उठाउन बस चढेर काठमाडौं आएको धेरै पटक भयो । किसानले नगदमा उब्जाएको उखु उधारोमा बेच्न बाध्य छन् । ऋण काढेर वर्ष दिन लगाएर उब्जाएको उखु क्रसिङ गरेर उद्योगी ७२ घण्टामा चिनी बनाउँछन् । बिक्री गरेर मालामाल बन्छन् । तर उखु उब्जाउने किसानले पाँच वर्षसम्म भुक्तानी पाउँदैनन् ।

पाँच वर्षयता उखुको बक्यौता रकम नपाउने किसानको संख्या सर्लाहीमा मात्रै १० हजार छ । ‘सरकार उद्योगीसँग मिलेर हाम्रो पसिनाको कमाइ छिपाउँछन्,’ रामविलासले भने ।

संम्बन्धित समचार

Leave a Reply