विश्वकप छनोटः इंग्ल्यान्डको फराकिलो जित

असोज २४, एजेन्सी । फिफा विश्वकपको युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डले एन्डोरालाई ५-० गोल अन्तरले पराजित गरेको छ ।

इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, टामी इब्राहिम,जेम्स वार्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । एन्डोराको मैदानमा खेलको १७ औं मिनेटमा चिलवेलले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४० औं मिनेटमा साकाले गोल गर्दै चिलवेललाई २-० को अग्रता दिलाए । ५९ औं मिनेटमा इब्राहिमले गोल गर्दा इंग्ल्यान्डको अग्रता ३-० को बन्यो ।

खेलको ७९ औं मिनेटमा जेम्सले गोल गरेपछि इंग्ल्यान्ड ४-० ले अघि रह्यो । त्यसपछि खेलको ८६ औं मिनेटमा ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ५-० को जित दिलाए ।

यस जितसँगै इंग्ल्यान्ड विश्वकप नजिक पुगेको छ । समूह ‘आई’ मा रहेको इंग्ल्यान्डले ७ खेलमा १९ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । एन्डोरा ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply