भुक्त्तानीको सात महिनापछि आयो ‘कोभिशिल्ड’ खोप

असोज २४, काठमाडौँ । भारतबाट खरिद गरिएको कोभिड-१९ विरुद्धको १० लाख डोज कोभिशिल्ड खोप नेपाल आएको छ ।

भुक्तानी लिएको सात महिनापछि भारतले उक्त खोप पठाएको हो । अग्रिम रकम बुझाएको खोप भारतले शनिबार मात्रै नेपाल पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएको फागुनमा सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप त्यतिबेलै आएपनि १० लाख डोज भने ७ महिनापछि मात्रै नेपाल आइपुगेको हो ।

भारतले समयमै खोप नदिँदा पहिलो डोज खोप लगाएका लाखौँ नागरिकले अझै दोस्रो डोज लगाउन पाएका छैनन् । एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई अब केही दिनपछि नै कोभिशिल्डको खोप दिने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

(Visited 6 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?