शिवम सिमेन्टको सर्वाधिक लाभांश घोषणा

असोज २४, काठमाडौं । शिवम सिमेन्टले २९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । असोज २२ गते बसेको सञ्चालक समितिले लाभांश घोषणा गरेको हो ।

कम्पनीले कार्तिक १६ गते छैठौ वार्षिक साधारणसभा डाकेको छ । साधारणसभा सोल्टी होटलमा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवदेन उपर छलफल गरि पारित गर्ने प्रस्ताव रहेको छ । सोही सभाले गत आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण प्रतिवेदन समेत पारिने गर्ने सामान्य प्रस्ताव छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने कार्यतालिका रहेको छ । उक्त सभाले प्रस्तावित लाभांश पारित गरे पछि शेयरधनीहरुले प्राप्त गर्ने छन् ।

साधारणसभा प्रयोजनका लागि कार्तिक ८ गते एक दिन बुक क्लोज हुनेछ । कार्तिक ७ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् । कोभिड १९ को महामारीको समयमा पनि शिवमले राम्रो लाभांश दिने भएको हो ।

संम्बन्धित समचार

Leave a Reply