कोरोना नियन्त्रण गरेकै कारण बेलायतले नेपाललाई रेड जोनबाट हटायो: प्रधानमन्त्री देउवा

असोज २४, पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा करोरोना नियन्त्रणका लागि सरकारले गरेको प्रयासलाई अन्तर्राष्ट्रिय जगत र विश्व स्वास्थ्य संगठनले पनि सराहना गरेको दावी गरेका छन् । खोपमार्फत कोरोना महामारी नियन्त्रण गरेकै कारणले बेलायतले पनि नेपाललाई रेड जोनबाट हटाएको देउवाले दावी गरे ।

आइतबार पोखरामा आयोजित कार्यक्रममा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै उनले प्रजातन्त्रविरुद्ध गतिविधि नगर्न सचेत गराए ।

प्रधानमन्त्री देउवाले सबैले जनताको नाममा राजनीति गरे पनि जनताले चुनावमा नतिजा देखाउने बताए ।

गण्डकी प्रदेश साक्षर घोषण गरे पनि धेरै कुरा गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्री देउवाले पूर्ण रुपमा संघीयता कार्यान्वयन बाँकी नै रहेको बताए । उनले शिक्षा मौलिक हक भएकाले सबैले पाउनुपर्ने बताए ।

 

संम्बन्धित समचार

Leave a Reply