टी-२० विश्वकप: विजेतालाई नगद १६ लाख डलर पुरस्कार

असोज २४, काठमाडौँ । यही अक्टोबर/ नोभेम्बरमा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटको विजेताले १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार टी-२० विश्वकपको पुरस्कार राशी घोषणा गर्दै विजेताले १६ लाख डलर पाउने जनाएको हो ।

कूल ५६ लाख अमेरिकी डलर पुरस्कार रहेकोमा उपविजेताले ८ लाख अमेरिकी डलर पाउने छन् । यसैगरी सेमिफाइनल पुग्ने दुई टोलीले समान ४ लाख अमेरिकी डलर पाउने छन् ।

यस्तै पहिलो चरणमा एक खेल जित्नेमा नगद ४० हजार अमेरिकी डलर पाउनेछन् । दोस्रो चरण अर्थात सुपर १२ मा एक खेल जित्दा ४० हजार अमेरिकी डलर प्राप्त हुनेछ । सुपर १२ बाट बाहिरिने टिमले ७० हजार डलर पाउनेछन् ।

आईसीसी टी-२० विश्वकपको सातौं संस्करण यही अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

कूल १६ टोलीको सहभागिता रहेने टी-२० विश्वकपमा पहिलो चरणमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष चार दोस्रो चरण अर्थात सुपर १२ मा प्रवेश गर्नेछ । सुपर १२ पछि शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply