ग्लोबल आइएमई बैंक र मुक्तिनाथ बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ आश्विन २५, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन २५,काठमाडौँ । ग्लोबल आइएमई बैंक र मुक्तिनाथ विकास बैंकबीच मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बंैकिङ्ग सुविधा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीतपत्र (लेटर अफक्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदी सुविधा मुक्तिनाथ विकास बैंकको सिफारिसमा ग्लोबल आइएमई बैंकमार्फत उपभोग गर्न सक्नेछन ।
उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैंकका २८० शाखा, २५० एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

यसैगरि ‘‘जनता बैंक मा होइन, बैंक जनतामा जानु पर्दछ’’ भन्ने नाराका साथ सन् २००७ मा स्थापित मुक्तिनाथ विकास बैंकले नेपालमा अग्रणी विकास बैंकको रूपमा आफ्नो परिचय बनाएको छ । बैंकले देशभर रहेका आफ्ना १६५ वटा शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ४५०० भन्दा बढी मुक्तिनाथ रेमिट एजेन्ट मार्फत सेवा प्रवाह गर्दै आएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस