नेपाल बैंक को संदेशमुलक भिडियो “साथ सम्बन्ध” सार्वजनिक (भिडियोसहित)

आश्विन २७,काठमाडौँ । नेपाल बैंक लिमिटेडले चाड पर्वहरुको अवसरमा पारिवारीक साथ सम्बन्ध दर्शाउने मर्मस्पर्शि संदेशमुलक भिडियो “साथ सम्बन्ध” सार्वजनिक गरेको छ । परिवारमा सबैका आ–आफ्ना चाहना आवश्यकता र भूमिकाहरु हुन्छन् र ति सवैको सम्मान गर्नुपर्दछ भन्ने भाव देखिने भिडियोमा हजुरबुवाको एक फरक क्षमता भएको आफ्नो नाति प्रतिको असिम प्यारलाइ कारुणीक ढंगले प्रस्तुत गरिएको छ । यसबाट हजुरबुवा र हजुरआमाहरुले आफ्ना संततीलाई कतिसम्म माया गर्दछन् भन्ने वुझ्न सकिन्छ ।

त्यसैगरि परिवारमा वुढेसकाल लाग्दै गरेको बुवालाई विना सल्लाह उहांको इच्छा विपरितका निर्णयहरु छोराले गरेको हाम्रो समाजको वास्तविकता देखाउदै बुवाआमाको अनुभव र सल्लाह सन्ततीका लागि सधैं मार्गदर्शक र प्रेरणादायी हुन्छन भन्ने चित्रण पनि भिडियो ले देखाएको छ । असल पारिवारीक साथ सम्बन्ध ले खुशि मिन्छ र पारिवारीक खुशि नै सवैभन्दा ठूलो खुशि हो ।

आर्थिक समस्यामा परेको एक छोराले सोच विचार पारिवारीक सरसल्लाह नगरि आफ्नो क्षणिक खुशिको लागि हतारमा गरेको निर्णय र एक अनुभवले खारिएको जिवनका धेरै आरोह अवरोहहरुसंग मुकाविला गरि सफलता हांशिल गरेको धैर्यवान वुवाको भूमिक नै यस भिडियोका मुख्य आकर्षक पक्षहरु हुन् ।

करिव पाँच मिनेटको यो भिडियोको अन्तमा छोराले पश्चाताप गर्दै भावुक हुंदै आफ्नो बावुसंग गरेको अंकमालले सो परिवारमा निकै ठूलो खुशि ल्याएको देखिन्छ । हाम्रो समाजको यथार्थपरक चित्रण गरेको भिडियोको कथाले दर्शकलाई शुरु देखि अन्तसम्म भावुक बनाउदछ । डिजिटल बैंकिङ् प्रयोग गर्न जेष्ठ नागरिकहरुलाइसमेत प्रोत्साहित गरेको भिडियोले अप्रत्यक्ष रुपमा बचतको महत्व दर्शाउदै सवैलाइ बैंकमा वचत गर्न प्रेरित पनि गरेको छ । नेपाल बैंक लि.ले आफ्नो आधिकारीक फेश बुक पेज र युटुव मार्फत सो भिडियो सार्वजकि गरेको यो जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply