आजबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने

आश्विन ३०, काठमाडौ । हाल भारतको आन्ध्र प्रदेश तथा ओडीसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले शनिवारबाट नेपालमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबारदेखि केही दिन देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरूमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरूमा मेघ गर्जन/चट्याङ र हावाहुरी सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू(भागहरूमा हिमपातको पनि सम्भावना रहेको छ।

महाशाखाले सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिई सजग रहन अनुरोध गरेको छ। विशेषतः यात्रा तथा कृषि कार्य गर्दा सजग रहन महाशाखाको भनाइ छ।

(Visited 9 times, 1 visits today)

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?