हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्विचिङ स्टेशन सञ्चालनमा

आश्विन ३१,काठमाडौँ । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्विचिङ स्टेशन सञ्चालनमा आएको छ । मस्र्याङ्दी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्विचिङ स्टेशनलाई गएको शुक्रवार चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

तनहुँमा रहेको तल्लो मर्स्याङ्दी विद्युत् गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेशनमा भित्रने ९लुप इन० र बाहिरिने ९लुप आउट० छ । प्रसारण लाइनलाई स्विचिङ स्टेशनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् आपूर्ति दिइने छ । हुवासिन सिमेन्टले २० मेगावाट विद्युत् लिने छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दशैँको बेलामा विद्युतको माग कम हुने मौका पारेर स्विचिङ स्टेशनलाई चार्ज गर्न अनुमति दिइएको बताए । ‘अन्य समयमा मस्र्याङ्दी–स्यूचाटार १३२ केभी ट्रंक लाइन बन्द गने सक्ने अवस्था नै थिएन, त्यसैले दशैँको बेलामा मिलाएर चार्ज गर्न दियौँ र टीकाको दिन स्विचिङ स्टेशन चार्ज भयो’, कार्यकारी निर्देशक घिसिङले भने, ‘अब हुवासिन सिमेन्टले चाहेको दिन १३२ केभी लाइनबाट विद्युत् जडान गर्न सक्ने छ ।’

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा निर्माणाधीन हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्विचिङ स्टेशन निर्माण गर्न गएको वर्ष सुरु गरेको थियो । कम्पनीले स्विचिङ स्टेशनबाट कारखानासम्म झन्ड १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२÷१० केभीको सबस्टेशन निर्माण गरेको छ । प्राधिकरणले स्विचिङ स्टेशन निर्माणको सुपरीवेक्षण गरेको थियो ।

 

 

संम्बन्धित समचार

Leave a Reply