विश्वकप टी-ट्‌वान्टी क्रिकेटः श्रीलंका र आयरल्यान्ड विजयी, आज दुई खेल हुने

कार्तिक ०२, काठमाडौं । विश्वकप टी ट्वेन्टी क्रिकेटको क्वालिफायर राउण्डमा श्रीलंका र आयरल्याण्ड विजयी भएका छन् । गएराति युएईको आबुधाबीमा भएको खेलमा श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित ग-यो ।

नामिबियाले दिएको ६७ रनको सामान्य लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा ग-यो । श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित रहदै सर्वाधिक ४२ रन बनाए ।

हिजै भएको पहिलो खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई ७ विकेटले पराजित गरेको थियो ।युएईको आबुधाबीमा नेदरल्यान्ड्सले दिएको १ सय ७ रनको लक्ष्य आयरल्याण्डले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा ग-यो । उसका लागि ग्यारेथ डेनिलीले ४४ रन बनाए ।

आज पनि दुई खेल हुनेछन् । आज पपुवा न्युगिनीले स्कटल्याण्डसँग खेल्दा ओमानले बंगलादेशको सामना गर्नेछ ।

संम्बन्धित समचार

Leave a Reply