असफलता भनेको खस्नु, लड्नु तथा हार्नु होइन

कवि बशिरा                

हरेकको असफलताभित्र सफलता लुकेको हुन्छ। यसैगरी हरेक सफलताभित्र पनि असफलता लुकेको हुन्छ। सफलता के हो रु असफलता के हो रु गुण बुझाउने सबै शब्दका विपरीतार्थ बुझाउने शब्दहरू पनि हुन्छन्। पृथ्वीमा रहेका जीव निर्जीव सबैका दुईवटा पाटा हुन्छन्। सफलता र असफलताका हरेक विषयवस्तु र सन्दर्भअनुसार फरकफरक अर्थ लाग्न सक्छ। विशुद्ध व्यक्तिको चाहनाहरूमा निर्भर रहने यो गुणको विभिन्न विद्वान् एवं व्यक्तिले पनि आआफ्नै ढंगले बुझाउन खोजेको पाइन्छ। जसले जे जसरी परिभाषा दिए गरिए पनि सफलता वा असफलता प्राप्तिका विषय हुन्।

क्यानडामा जन्मिएका अमेरिकन नागरिक जिम क्यारी भन्छन्, ‘यदि तनाव र पीडा हुँदैन भने मानिसले केही पनि सिक्न सक्दैन।’ क्यारीले यसै भनेका होइनन्। वास्तवमा मानिस सफल या असफल हुन कुनै क्रियामा सहभागी हुनै पर्छ। आँटेका ताकेका सबै कार्य सहज रूपमा सम्पन्न हुन्छ गराउँछु भन्ने ठान्नु मानिसको स्वभाव हो। कतिपय कार्यबाट प्राप्त असफलता र कठिनाइहरूबाटै मानिसले धेरै कुरा सिक्छन्। तर आफूविरुद्धका आवाजहरूलाई सुन्न नसक्नु तथा विपरीतका नतिजालाई सहजै स्विकार गर्न नसक्नु समस्या हो। कमजोरीहरूको समीक्षा गर्न नसक्नुले मानिसलाई सफलताको भ्रममा राखिदिन्छ। हरेक हार र असफलतालाई आफ्नो शक्ति बनाएर अगाडि बढ्ने जो कोही सफल हुन्छन्। सफलतामा प्राप्ति मात्र होइन त्याग पनि हुन्छ।

मानिसको जीवनमा उसले भोग गर्ने समयलाई जिम्मेवारीले वर्गीकरण गरी दिन्छ। जीवनको कति समय सिक्नमा छुट्ट्याउने ऊ सधैं अनिर्णयको बन्दी बनिरहेको हुन्छ। यो उसको स्वाभाविकपन पनि हो। सामाजिक परम्पराले पारिवारिक वातावरण वहन गर्नुपर्ने जिम्मेवारी र अनेकौं समस्याहरू बीच झुलिरहने जीवनसँग जोडिएका सफलता र असफलतालाई एउटै तुलोमा जोख्न खोजिनु अर्को गल्ती हुन सक्छ। जीवनका धेरै पाटा छन्। सबै पाटाले जीवनमा उत्तिकै महत्त्वपूर्ण स्थान लिएको हुन्छ। सपना बनी बसेका आकांक्षा र रहरहरूमा लागेका दाग र चोटका खाटाहरूले मानिसलाई सबैभन्दा दुस्खी बनाउँछ। ती सामाजिक हुन सक्छन्। पारिवारिक हुन सक्छन्। विशुद्ध व्यक्तिगत मान प्रतिष्ठासँग गाँसिएका हुन सक्छन्। सबै सफलता र असफलताहरू एउटा खोज तथा अनुसन्धानले शिक्षा तथा धन सम्पत्ति, ऐस आरामजस्ता विषयहरूसँग मात्र जोडिँदैनन्। उसको विशुद्ध व्यक्तिगत चाहना र जीवनसँग पनि जोडिएको हुन्छ।

अर्को शब्दमा सफलता र असफलता भनेको कुनै व्यक्तिको सोच र बुझाइमा भरपर्छ भन्दा अत्युक्ति नहोला। यहाँ अब्राहम लिंकनको भनाइ जोड्न चाहें, ‘मेरो सबैभन्दा ठूलो चिन्ता यो होइन कि तपाईं असफल हुनु भयो, सबैभन्दा ठूलो चिन्ता त यो हो कि तपाईं आफ्नो असफलतामा नै सन्तुष्ट भएर बस्नुभयो।’ एउटा विद्यार्थी, सोधकर्ता तथा वैज्ञानिकले कुनै अनुसन्धान गर्दा जुन अध्ययनको विषय उसको मात्र सपना होइन, संसारको सपना बनेको हुन्छ। त्यस्ता सफलता र असफलतामा पुनस् प्रयासका खुड्किलाहरूमा पाइला राख्दै जानु त्यो उसको असफलतासँग जोडिएको सफलता होला। तर त्यतिमा मात्र सीमित रहँदैन सफलता र असफलता, समाज वा संसारका लागि केही गर्न समर्पित समय र लक्ष्यभन्दा बाहिर पनि उसको

जीवनमा धेरै घटना घट्छन्। घटना परिघटनाहरूमा एउटै उक्ति सान्दर्भिक नहुन सक्छ। जहाँ उसको सोच र बुझाइले जीवनमा कायापलट गरिदिन्छ। एउटा मानिसले वनमा लडिरहेको सुकेको काठको मुढा उठाएर आकाशमा उडाउँछु भनेर जीवनका कयौं दिनहरू खर्चियो। लामो प्रयास गर्‍यो तर उडेन। काठको मुढो उडाउन ऊ असफल भयो। उड्दैन भनेर जब चाल पायो। नतिजा स्विकार्दै अर्को बाटोमा पाइला चाल्यो ऊ सफल भयो। खुसी तथा आनन्द भनेको जीवनमा कुनै प्रकारका समस्याहरू नआउनु अथवा नहुनु मात्र होइन। समस्याहरूको सामनामा आफूलाई संयमित बनाउन सक्नु पनि खुसी हो। आनन्द हो। असफलताले सही मार्ग निर्देशन गर्दछ। त्यसलाई बुझ्न र चिन्न सक्ने शक्ति भने मानिसलाई सोचले पैदा गर्छ। सोचले अगाडि बढ्ने हौसला दिन्छ। शक्ति, दम्भ र घमण्डमा मानिस आफ्नो बाटो बदल्न चाहँदैन। कमजोरीहरू देखाउन चाहँदैन। कतै बाटो बदल्न परे प्रतिष्ठासँग जोड्छ।

यस्तै नकारात्मक सोचले असफलताको खाडलमा पुरिन्छन् मानिस  ! यो प्रवृत्ति हो, सोच हो। यस्ता सोचहरूले नतिजालाई सफलता र असफलतासँग जोडेर जीवनमा प्रभाव पार्ने गर्दछ। सोचको उपज हो सफलता र असफलता १ जीवनमा सबै कुरा अस्थायी हुन्छन्। असफलता र सफलता यही अस्थायी जीवनभित्रकै अर्को अस्थायी पाटो हो। दिनपछि रात आउँछ अनि बिहानी उसै गरी झुल्किन्छ। उसैगरी फेरि दिन अनि रात र बिहानी। जेसी ज्याक्सन भन्छन्, ‘ढल्नुमा तपाईंको दोष नहुन सक्छ, तर उठ्नु भएन भने त्यो तपाईंकै दोष हो।’

उठ्नलाई धेरै बाटा सामुन्ने हुन सक्छन्। कुन बाटो कसरी रोज्ने हो आफूभित्रको सकारात्मक तथा नकारात्मक सोचमा भर पर्छ। असफलता भनेको खस्नु, लड्नु तथा हार्नु होइन। सोच बदल्न नसक्नु असफलता हो।

संम्बन्धित समचार

Leave a Reply