टी-ट्वान्टी विश्वकप क्रिकेटः बंगलादेशको पहिलो जित

कार्तिक ०३, काठमाडौं । बंगलादेशले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । ओमान क्रिकेट एकेडेमीमा मंगलबार राति भएको खेलमा ओमानलाई २६ रनले पराजित गर्दै बंगलादेशले पहिलो जित निकालेको हो ।

बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो ।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए । कश्यप प्रजापतिले २१ रन जोड्दा कप्तान जिसन मक्सुदले १२ रन बनाए । मोहमद नादिम १४ रनमा अविजित रहे ।

ओमानलाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिए । यस्तै शकिब अल हसनले ३ तथा मोहमद सैफुदीन र मेहदी हसनले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो । बंगलादेशका लागि मोहमद नाइमले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । शकिब अल हसनले ४२ रन जोड्दा कप्तान महमुदउल्लाहले १७ रन बनाए ।

ओमानका बिलाल खान र फायज बटले ३/३ विकेट लिए । कालिमउल्लाहले २ विकेट लिए ।

यस जितसँगै पहिलो चरणको समूह बी मा रहेको बंगलादेशले २ खेलमा २ अंक जोडेको छ ।

पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको थियो । ओमानको यो पहिलो हार हो । पहिलो खेलमा ओमानले पपुवा न्युगिनीलाई हराएको थियो । ओमानले २ खेलमा २ अंक जोडेको छ ।

संम्बन्धित समचार

Leave a Reply