यूईएफए च्याम्पियन्स लिगः मेस्सी चम्किदा पीएसजीको जित

कार्तिक ०३, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । केलियन एमबाप्पेले एक गोल गरे । लाइपजिगका आन्द्रे सिल्भा र नोर्डी मुकिलीले एक एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा सिल्भाले गोल गर्दै लाइपजिगलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५७ औं मिनेटमा नोर्डीले गोल गर्दै लाइपजिगलाई २-१ को अग्रता दिलाए ।

खेलको ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-२ को जित दिलाए ।

यस्तै खेलको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।

यस जितसँगै समूह ए को पीएसजीले ३ खेलमा ७ अंक जोडेको छ । पीएसजी समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

लाइपजिगको यो लगातार तेस्रो हार हो । अंक विहीन लाइपजिग पुछारमा रहेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply