फिफा वरीयतामा नेपाल १६९ औं स्थानमा

कात्तिक ४, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९ औं स्थानमा छ । यसअघि सेप्टेम्बरमा सार्वजनिक वरीयतामा नेपाल १६८ औं स्थानमा थियो ।

माल्दिभ्समा अक्टोबरको १ देखि १५ तारेखसम्म भएको साफ च्याम्पियन्सिपमा पहिलो पटक फाइनलमा पुगे पनि नेपालको वरीयता भने खस्किएको छ ।

साफमा नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसंग बराबरी खेलेको थियो । भारतसंग भने लिग र फाइनल गरी दुई पटक पराजित भएको थियो ।

दक्षिण एसियाली राष्ट्रको वरीयता हेर्दा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत एक स्थान सुधार गर्दै १०६ औं स्थानमा उक्लेको छ भने माल्दिभ्स दुई स्थान सुधार गर्दै १५६ औं स्थानमा छ ।

 

संम्बन्धित समचार

Leave a Reply