बागमतीमा आलोपालोको च्याप्टर क्लोज ! राजेन्द्रप्रसाद पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव

कात्तिक ४, काठमाडौं । बागमती प्रदेश नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् ।

बिहीबार प्रदेशसभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले चार दलीय गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको बताए । गठबन्धनको निर्णय अनुसार मुख्यमन्त्रीमा पाण्डेले नै पुरा कार्यकाल बिताउनेछन् । स्रोतका अनुसार मुख्यमन्त्रीमा आलोपालो भन्ने कुनै सहमती नभएको बताइएको छ ।

बैठकमा उपस्थित एक नेताले भने-‘गठबन्धनको तर्फबाट कांग्रेस र माओवादीको भागमा परेको प्रदेशहरुमा पुरा कार्यकाल नै सरकार चलाउन पाइने भन्ने छ । त्यही भएर बागमतीमा त्यस्तो ओलापालोको विषय छैन् । जम्माजम्मी १६/१७ महिनाको सरकारमा फेरि सरकारको नेतृत्व फर्ने कुरा आउदैन् ।’ उनले आलोपालोको च्याप्टर क्लोज भएको समेत दावी गरे ।

बागमती प्रदेशमा बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन् । तर शाक्यको पक्षमा प्रदेशसभामा बहुमत छैन ।

उनले विश्वासको मत नपाएमा बहुमतको अर्को सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । एकीकृत समाजवादीका नेता पाण्डेलाई माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थन छ ।

संम्बन्धित समचार

Leave a Reply