प्रदेश-१ को प्रदेश सभा बैठक आज, मुख्यमन्त्रीले विश्वास मत लिने

कार्तिक ०५, काठमाडौं । प्रदेश-१ को प्रदेश सभाको बैठक आज (शुक्रबार) बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वास मत लिने तयारी गरेको एक सांसदले बताए । भदौ एकमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छन् ।

कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन् । गठबन्धनमा कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन् ।

संम्बन्धित समचार

Leave a Reply