१ लाख फाइजर खोप भोलि नेपाल आइपुग्ने

कात्तिक ७, काठमाण्डौ । अमेरिकाले नेपाललाई १ लाख ६ सय २० डोज फाइजर खोप पठाउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यसबारे जानकारी दिएको हो । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।

अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

खोप सोमबार नेपाल आइपुग्ने पौडेलले बताए । तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ ।

संम्बन्धित समचार

Leave a Reply