धादिङमा युवासंघ अध्यक्षसहित १ सय ५० जना एकिकृत समाजवादीमा प्रवेश

कात्तिक ७,धादिङ । नेकपा एकीकृत समाजवादीमा धादिङमा पार्टी प्रवेश गर्नेको लहर शुरु भएको छ।

यसैबिच एकिकृत समाजवादीमा नेकपा माओवादी केन्द्र रुवीभ्याली गाँउपालिका वडा नम्बर २ का वडा सचिव बुदु थापा तामाङको नेतृत्वमा दर्जनौं कार्यकर्ता प्रवेश गरेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका युवा नेता बुद्धि घले,एमाले भातृ संगठन राष्ट्रिय युवा संघ रुवीभ्याली–२ का अध्यक्ष जस घले, रुवीभ्याली–१ का राष्ट्रिय युवासंघका उपाध्यक्ष दोर्जे तामाङ साथै रुवीभ्याली–१ कै राप्रपा नेता फुर्वारोङ तामाङ र कुल थापा तामाङ सहितन १ सय ५० जना एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । उनिहरुलाई प्रदेश कमिटी सदस्य मेन घले र जिल्ला कमिटी धादिङका उपसचिव जीवन तामाङले फुलमाला लगाएर स्वागत गरेका थिए ।

पछिल्लो समय एकिकृत समाजवादीले आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ भने अन्य पार्टीका नेता,कार्यकर्तालाई प्रवेश गराउने समेत गरिरहेको छ । अहिलेसम्म सो पार्टीले ७३ जिल्लामा जिल्ला कमिटी बनाइसकेको छ भने सोही अनुसार भातृ संगठनको गठन गरिरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply