टी–ट्वान्टी विश्वकप क्रिकेटः भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

कार्तिक ०८, काठमाडौं । पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतलाई पराजत गरेको छ । दुबईमा आइतबार राति चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले सुखद सुरुआत गरेको हो ।

यससँगै पाकिस्तानले विश्वकपमा भारतमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको छ । यस अघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन ।

यस्तै भारत पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रियमा १० विकेटले पराजित भएको छ । भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा बिना विकेटको क्षतीमा पूरा गर्यो ।

पाकिस्तानको जितमा कप्तान बाबर आजम र मोहमद रिजवानले अर्धशतकीय इनिङ्स खेले । रिजवानले अविजित रहदै सर्वाधिक ७८ रन बनाए । कप्तान आजम ६८ रनमा अविजित रहे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ऋषव पन्त ३९ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन बनाए ।

रविन्द्र जडेजाले १३, हार्दिक पान्डयले ११, केएल राहुल ३ रन जोड्दा रोहित शर्मा सुन्य रनमा आउट भए । भुवनेश्वर कुमारले अविजित ५ रन जोड्दा मोहमद शामी सुन्य रनमा अविजित रहे ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट लिए । हसन अलिले २ तथा शादब खान र हरिस राउफले १/१ विकेट लिए ।

जितसँगै पाकिस्तानले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ । पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहेको छ । उपाधि दाबेदार मानिएको भारतले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply