प्रधानन्यायाधीश विवादमा कसैको पनि पक्ष नलिने : ओली

कात्तिक ९, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको नाममा राजनीति भइरहेको भन्दै प्रधानन्यायाधीशको विषयमा अहिले देखिएको विवादमा कसैको पनि पक्ष नलिने बताएका छन् ।

संवैधानिक अंगहरूमा भागबण्डा गरेर न्यायालयमा सेटिङ गरेको आरोपका कारण विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नागरिक समाज र कानुन व्यावसायीले राजीनामा माग गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यो विवादमा कसैको पनि पक्षधरता नलिने बताए । सोमबार प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले प्रधानन्याधीशको राजीनामा नमाग्ने र महाअभियोगको माग पनि नगर्ने संकेत गरे ।

ओलीले हाम्रो चिन्ता सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्ने हो । सर्वोच्च अदालत भित्रको अशोभनीय गुटबन्दीमा नपस्ने तर अदालत स्वतन्त्र रहनुपर्ने बताए ।

प्रधानन्यायाधीश जबरालाई संवैधानिक अंगहरूमा भागबण्डा गरेर न्यायालयमा सेटिङ गरेको आरोप ओली माथि पनि छ । प्रधानन्यायाधीशको राजीनामा माग्ने कि नमाग्ने भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ नदिई अदालत संविधान अनुसार चल्नुपर्ने बताए ।

संम्बन्धित समचार

Leave a Reply