टी-ट्वान्टी विश्वकप क्रिकेटः पाकिस्तानको लगातार दोस्रो जित

कार्तिक १०, काठमाडौं । पाकिस्तानले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । सारजाहमा मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित निकालेको हो ।

यस अघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । न्युजिल्याण्डले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडे । यस्तै शोयब मलिक र आसिफ अलीले अविजित रहदै समान २७ रन बनाए । यस्तै फखर जमान, मोहमद हाफिज र इमाद वासिम समान ११ रनमा आउट भए । कप्तान बाबर आजम ९ रनमा आउट भए ।

न्युजिल्याण्डका इश सोधीले २ विकेट लिए । मिचेल स्टानर, टिम साउथी र ट्रेन्ट बोल्टले १/१ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्य्ल मिचेलले २७/२७ रन जोडे । कप्तान केन विलियम्सनले २५ रन जोड्दा मार्टिन गुप्टिलले १७ तथा ग्लेन फिलिप्सले १३ रन बनाए ।

पाकिस्तानका हरिस राउफले ४ विकेट लिए । शहिन साह अफ्रिदी,इमाद वासिम र मोहमद हाफिजले १/१ विकेट लिए ।

जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जोडेको छ । समूह २ मा रहेको पाकिस्तान शीर्ष स्थानमा रहेको छ । न्युजिल्याण्ड अंक विहीन रहेको छ ।

Related posts

तपाइलाइ कस्ताे लाग्याे ?