मध्य भोटेकोशीको आईपीओ बाँडफाँट मिति तोकियो

कार्तिक १०, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ आगामी शुक्रबार बाँडफाँट हुने भएको छ । शुक्रबार बिहान ९ बजे आईपीओ बाँडफाँट गरिने सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको छ । कम्पनीको सेयरमा सर्वसाधारणबाट मागभन्दा ४.१९ गुणा बढी आवेदन गरेको विक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।

संम्बन्धित समचार

Leave a Reply