कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन

कार्तिक १०, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कामना सेवा विकास बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

समायोजनपश्चात बैंकको शेयरमूल्य प्रतिकित्ता ६०७ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको शेयर प्रतिकित्ता ७१९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । समायोजन गरिएको मूल्यबाट आजैदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।

यस्तै, बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न कात्तिक २३ गते, पार्क भिलेज रिसोर्ट, बुढानीलकण्ठमा पन्ध्रौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान १० बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।

संम्बन्धित समचार

Leave a Reply