डिसेम्बरमा विक्की र कट्रिनाको बिहे हुँदै

कात्तिक १०, काठमाडौं । बलिउडमा विगत केही महिनादेखि नायक विक्की कौशल र नायिका कट्रिना कैफको प्रेमको चर्चा चलिरहेको छ । यी दुई कलाकार सार्वजनिक रुपमा एकसाथ पनि देखिएका छन् । तर, दुबैले प्रेमको बिषयलाई स्विकार भने गरेका छैनन् ।

यसैविच, केही दिनदेखि भारतीय मिडियामा कट्रिना र विक्कीको बिहेको खबरले स्थान पाउन थालेको छ । कट्रिना र विक्कीले डिसेम्बर महिनामा बिहे गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार, विक्की र कट्रिनाको बिहेको लागि पहिरन चर्चित फेसन डिजाइनर सब्यसाचीले डिजाइन गरिरहेका छन् । कट्रिनाले बिहेमा लगाउनका लागि लेहेंगा रोजेकी छिन् ।

उसो त, कट्रिना र विक्की अगष्ट महिनामै बिहे गरेको खबर समेत सार्वजनिक भएको थियो । विक्कीले भने बिहेको समय आएपछि मिडियालाई यो बिषयको जानकारी दिने बताउँदै आएका छन् ।

संम्बन्धित समचार

Leave a Reply