केपी ओली र पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता

कात्तिक १०,काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ । एमाले छाडेर नेकपा ब्युँताउने तयारीमा रहेका साहलाई बुधबार बिहान अध्यक्ष ओलीले छलफलका लागि आफ्नो निवास बालकोट बोलाएका थिए ।

माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका प्रभु साह पछिल्लो समय एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुगेका थिए । ओलीले आफ्ना ८ बुँदे मागहरु पूरा नगरेकाले एमालेमा रहन नसकिने साहको भनाइ थियो । उनले एमाले बैठक समेत बहिष्कार गर्दै आएका थिए ।

तर आजको छलफलमा ८ बुँदे माग कार्यान्वन गर्ने विषयमा ओलीसँग सहमति नजिक पुगेको र फेरि छलफलमा बस्ने सहमति भएको स्रोतले जानकारी दियो ।

 

संम्बन्धित समचार

Leave a Reply