बाग्मतीमा नयाँ सरकार आजै, क-कसले लिदैछन् सपथ ?

कार्तिक ११, काठमाडौं । बाग्मती प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । वाग्मती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो ।

नयाँ बन्ने सरकारको मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डेको दाबी पेश गरेको छ । सरकार बनाउन ५५ सांसद आवश्यक पर्ने बाग्मतीमा प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थनसहित बुधबार प्रदेश प्रमुखको कार्यालय पुगेर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

बाग्मती प्रदेशमा प्रस्तावित समर्थनमा कुनै फेरबदल नआए आजै नयाँ सरकार बन्ने निश्चित छ । मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक एक जनाले मन्त्रीमा शपथ लिने भएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभाका एक सदस्यका अनुसार आज पाण्डेसँगै नेपाली कांग्रेसबाट कृष्ण भडेलले सपथ लिँदैछन् । माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एसबाट कृष्ण खनालले पनि मन्त्रीको रुपमा सपथ लिँदैछन् ।

तर, अझैसम्म मन्त्रालयको टुंगो भने लागेको छैन । ती नेताका अनुसार मन्त्रीले शपथ लिनु अघिनै मन्त्रालयको टुंगो लगाइने छ । बाँकी मन्त्रिपरिषद् विस्तार भने तिहार पछाडि गर्ने गठबन्धनको तयारी छ ।

संम्बन्धित समचार

Leave a Reply