प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

कार्तिक १६,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि ओली कात्तिक १२ गते विहान साढे ४ बजे शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

ओली पूर्ण स्वास्थ्य लाभ गरेर शुक्रबार साँझ सरकारी निवास वालुवाटार फर्किएका उनको सचिवालयले जनाएको छ । छातीमा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply