नवनियुक्त मुख्यमन्त्री पाण्डेको पहिलो निर्णय यस्तो छ ! (भिडियोसहित)

कार्तिक ११, बाग्मती । नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । संविधानको धारा १६८ को २ बमोजिम नियुत्त भएका पाण्डेले प्रदेश प्रमुख यादव चन्द्र शर्माले समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले पदभार ग्रहण गरेसँगै पहिलो निर्णय गरेका छन् । पाण्डेले प्रदेश स्तरका सबै अस्पतालमा अक्सिजन प्लान्ट, पीसीआर परिक्षणका लागि आवश्यक उपकरण, थप बेड साथै भेन्टीलेटर र औषधीको सहजताका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

निर्णलयमा भनिएको छ, ‘बाग्मतीका १३ बटै जिल्लामा देखिएको कोभिड, स्क्रब ताइफस, मौसमी फ्लु जस्ता सरुवा रोगको नियन्त्रण, रोगथाम र व्यवस्थापन गरी नागरिकको जिवन सहज बनाउँन स्वास्थ्य मन्त्रालय एब्म सरोकारवाला निकायले प्रदेश स्तरका सबै अस्पतालहरु तथा स्वास्थ्य संथामा आवश्यक पर्ने अक्सिजन प्लान्ट, पीसीआर परिक्षणका लागि आवश्यक उपकरण, बेड संख्या तगथा थप आइसियु, इसीयु, पीआइसीयु र भेन्टीलेटर जडान गर्न तथा औषधी जन्य स्वास्थ्य सामाग्रीको आपूर्तिको व्यवस्था मिलाउन र उल्लेखित प्राणघातक सरुवा रोगको जोखिमबाट सुरक्षित रहने व्यवस्था मिलाउँन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको छ ।’

संम्बन्धित समचार

Leave a Reply